एमालेले इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदबार बनाउने

Devghat Online

शेयर गरौ

काठमाडौं, चैत ११

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनकोलागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सुहाङ नेम्वाङ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्रमा दमन बहादुर भण्डारीलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।

एमालेको आईतबार बसेको केन्द्रिय सचिवालयको बैठकले इलाममा केन्द्रिय कानुन विभागका सदस्य नेम्वाङ र बझाङमा जिल्ला कमिटिका अध्यक्ष भण्डारीलाई उम्मेदबार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

इलाम २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङको गत भदौ २५ गते निधन भएपछि रिक्त रहेको उक्त निर्वाचन क्षेत्रमा एमालेले उनै सुभाषका छोरा सुहाङलाई उम्मेदबार बनाउने निर्णय गरेको हो । यसैगरि बझाङ १ बाट निर्वाचित नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि उक्त क्षेत्रमा पनि निर्वाचन हुन लागेको हो ।

एमालेले उक्त दुबै क्षेत्रमा उम्मेदबारको टुंगो लगाईसकेपनि नेपाली, काँग्रेस, नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टीहरुले भने उम्मेदबारको टुंगो लगाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक