दमौली, चैत १५
म्याग्दे गाउँपालिका तनहुँको सार्वजनिक सुनवाई कार्यक्रम शुक्रबार गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनमा हुने भएको छ ।



गाउँपालिका तथा मातहतका कार्यालयबाट आर्थिक वर्ष २०८०÷०८१ को दोश्रो चौमासिक अवधिमा सन्चालित कार्यक्रम, सेवा प्रवाह तथा विकास आयोजनाको सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख वा प्रतिनिधिहरू स्थानीय संघसंस्थाका प्रमुख वा प्रतिनिधिहरू सरकारवाला व्यक्ति निकायहरु तथा गाउँपालिका बासीहरुलाई उपस्थितिका लागि गाउँपालिकाले आग्रह गरेको छ ।












