वर्षाले पृथ्वीराजमार्गको पश्चिम खण्डमा सकसः २२ किमी पार गर्न ४ घन्टा

Devghat Online

शेयर गरौ

दमौली, चैत १५

विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पश्चिम खन्ड अन्तर्गत तनहुँको सदरमुकाम दमौलीबाट खैरेनीटारसम्मको करिब २२ किलोमिटर दुरी पार गर्न विहिबार यात्रुहरुलाई चार घन्टा लाग्यो । बुधबार रातीदेखी परेको बर्षाको कारण निर्माणाधिन उक्त राजमार्गमा साना सवारी साधनहरु सडकमै फँसेको कारण उक्त राजमार्गमा यातयात अबरुद्ध भएको हो ।

बिस्तारको क्रममा रहेको राजमार्ग वर्षासँगै हिलाम्य भएको कारण यात्राको अवधि लम्बिएको हो । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–आँबुखैरेनी खण्ड बिस्तार चलिरहँदा सडकको अधिकांश भाग भत्काइएको छ । त्यही राजमार्ग भएर दिनहुँ हजारौं सवारी पोखराबाट काठमाडौं तथा पूर्व र पश्चिमका लागि ओहोरदोहोर गर्छन् ।

 

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सडक अहिले दुई खण्डमा बाँडेर बिस्तार भइरहेको छ । पूर्विखण्ड (आँबुखैरेनी–जामुने ४१ किलोमिटर) र पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पर्छ। पश्चिमको तुलनामा पूर्वी खण्डको काम धेरै नै भएको छ ।

राजमार्ग बिस्तार भइरहँदा यतिबेलाको वर्षाले सडक अस्तव्यस्त छ । राजमार्ग फराकिलो बनाउनका लागि अहिले पोखरादेखि आँबुखैरेनीसम्मैको भाग भत्काइएको छ । त्यसमध्ये पूर्वी खण्डमा धेरै भाग कालोपत्रे पनि भइसकेको छ । पुर्वी खन्डमा यातयात सन्चालमा धेरै सहज भईसकेको छ तर पश्चिम खण्डमा भने कामको गति अझै सुस्त छ ।

बिस्तारको क्रममा रहेको राजमार्गमा वर्षा थपिँदा अहिले सडक हिलाम्य बनेको छ । बाटो चिप्लो बनेको छ । वर्षाले गर्दा कतिपय ठाउँमा गाडी गुडाउनै सकस हुने गरेको छ । वर्षाको पानी जम्दा लेन पहिचान गर्न समेत चालकलाई सकस हुने गरेको छ । साना चारपांग्रे र दुइपांग्रे सवारीको यात्रा त झनै सकसपूर्ण बन्ने गरेको छ ।

उक्त राजमार्गको जामुने, अकला, कुम्लेखोला, खैरेनीटार, लगायतका ठाउँमा यात्रा निकै नै सकसपूर्ण बनेको छ । जाममा फसेका गाडीका कारण यात्रा नै अनिश्चित बन्न थालेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी नारायण पौडेलका अनुसार वर्षायाम अघि नै सडकको नाली बनाउने योजना भएपनि अहिले नाली तयार नभइसकेकोले यो समस्या आएको हो । ‘आगामी वर्षायाम अघि नै नाली बनाएर वर्षाको पानी पन्छाउने योजना छ । अहिले खनेको माटोमा पानी परेपछि चिप्लो र हिलो भएको हो,’ उनले भने, ‘कतिपय ठाउँमा डाइभर्सनमा पनि समस्या आएको हुनसक्छ ।’

एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो । १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ ।

 

आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण