बागमतीमा एमाले संसदीय दलका नेता थपलियाले लिए आर्थिक मामिलामन्त्रीको शपथ

Devghat Online

शेयर गरौ

हेटौंडा, चैत १७

बागमती प्रदेश सरकारमा नेकपा एमाले दोस्रो पटक सहभागी भएको छ । एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गरेका हुन् ।

चालू प्रदेश सरकारमा थपलिया दोस्रो पटक मन्त्री बनेका छन् । यसअघि २०७९ पुस २६ मा पनि उनी आर्थिक मामिलामन्त्री बनेका थिए ।

बागमतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको शपथ लिएका थिए ।

योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूवार्धार विकास र सामाजिक विकास मन्त्रालय परेको छ । नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ ।

अब बाँकी पाँच वटै मन्त्रालयमा एमालेले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास