घिरिङमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

घिरिङ, चैत २०

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा मंगलबार घिरिङ गाउँपालिका–३ स्थित घिरिङ स्वास्थ्य चौकीमा जेष्ठ नागरिकको लागि आरोग्य सेवा कार्यक्रम आयोजना गरियो । जेष्ठ नागरिकको लागि लक्षित उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलको उच्च रक्तचाप तथा मधुमेह परिक्षण गरि आयुर्वेदिक उपचार पद्धतीको बारेमा जानकारी गराई आयुर्वेदिक औषधी वितरण गरिएको थियो ।

वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले विभिन्न उपचार पद्धती मध्ये आयुर्वेदिक उपचार पद्धती निकै राम्रो रहेको बताए । विशेषगरि जेष्ठ नागरिकहरुले आयुर्वेदिक औषधीको सेवन गर्नुपर्नेमा अध्यक्ष थापाको जोड थियो ।

सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. नारयण श्रेष्ठ, कार्यालयका बरिष्ठ कविराज शम्भु चापागाई लगायतले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा ६८ बर्ष माथिका ९० जना जेष्ठ नागरिक सहभागी रहेका थिए ।

यसैगरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा सोमबार घिरिङ गाउँपालिकामा नागरिक आरोग्य सेवा कार्यक्रम आयोजना गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी