मुख्यमन्त्री माग्न माओवादी केन्द्रको टोली काठमाडौंमा

Devghat Online

शेयर गरौ

दमौली, चैत २०

सत्ता साझेदार दलहरु विच प्रदेश सरकारहरुको नेतृत्व गर्ने विषयमा सहमती नहुँदा नेकपा माओवादीको टोली गन्डकी प्रदेशको मुख्यमन्त्री माग्न काठमाडौं गएको छ । गन्डकी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानलाई बनाउनु पर्ने माग गर्दै माओवादीका नेताहरुको टोली राजधानी गएका हुन् ।

नेकपा माओवादी केन्द्रका सचिव एवं गन्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा गन्डकी प्रदेशका सह इन्चार्ज हरि अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश कमिटिका सचिव जगन्नाथ खनाल, संसदीय दलका नेता हरिबहादुर चुमान तथा नेकपा माओवादी केन्द्र तनहुँका सचिव शुक्र चुमान लगायतका नेताहरुले मंगलबार राजधानी गएका हुन् । उनीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरि गन्डकी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनु पर्ने माग गरेका थिए ।

गण्डकीमा आलोपालो भए पनि पहिलो पालो आफ्नो हुनुपर्ने माओवादीको दाबी छ । शीर्ष नेताहरूलाई भेट्न काठमाडौं पुगेको टोलीले सरकार बनाउन पनि माओवादीलाई सजिलो हुने बिफ्रिङ नेतृत्वलाई गरेका थिए । ‘गण्डकीको नेतृत्वबारे सहमति भएको होइन । धेरै सांसद भएकै कारणले एमालेले पाउने चर्चा हुन सक्ला तर निर्णय भइसकेको छैन,’ गण्डकीका सह–इन्चार्ज हरि अधिकारीले भने, ‘हामी त गण्डकीमा यसपटक माओवादी नेतृत्व हुनुपर्छ भन्ने पक्षमै छौं ।’

तनहुँबाट विजयी हुँदै दोस्रो कार्यकालमा पनि गण्डकी प्रदेश सभाका माओवादी दलका नेता चुमानले यसपटक जसरी पनि मुख्यमन्त्री पाउनुपर्ने अडान राखिरहेका छन् । चुमान अघिल्लो कार्यकालमा पनि मुख्यमन्त्रीको दाबेदार थिए । नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीको ह्विप लाग्ने, दीपक मनाङेले सहयोग गर्ने र राप्रपा पनि सकारात्मक रहेको भन्दै माओवादीको टोलीले मुख्यमन्त्री नछाड्न नेतृत्वलाई दबाब दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।