पार्वती मावि कोटाको स्वर्ण जयन्ती कार्यक्रम सुरु

Devghat Online

शेयर गरौ

देवघाट, चैत २६

देवघाट गाउँपालिका–१ स्थित पार्वती माविले स्थापनाको ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरि मनाएको छ । स्वर्णजयन्ती कार्यक्रमको आइतबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरूङ, वडा नम्बर १ का अध्यक्ष मनिराज गुरूङ, पूर्व अध्यक्ष भिम बहादुर गुरूङ, कार्यपालिका सदस्य बाबुराम परियार, नेपाली काङ्ग्रेस जिल्ला सदस्य खम्बा सिंह राना मगर, नेपाली काङ्ग्रेस देवघाट–१ अध्यक्ष मुक्तिलाल थापा, नेकपा एमाले देवघाट–१ अध्यक्ष थम बहादुर मगर, नेकपा एमाले जिल्ला सदस्य जुली सारू मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयले चैत २९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि स्थापनाको ५० औँ वर्ष प्रवेश तथा स्वर्ण जयन्ती कार्यक्रम मनाउने भएको छ । कार्यक्रम अन्तर्गत सोमबार स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको विद्यालयका प्रअ राजु गिरीले जानकारी दिए ।

‘हाम्रो सान, हाम्रो गौरव, हाम्रो पार्वती’ भन्ने मुल नारा सहित स्वर्ण जयन्ती कार्यक्रम आयोजना गरिएको प्रअ गिरीले बताए । स्वर्ण जयन्ती कार्यक्रममा विभिन्न खेलकुद तथा स्थानीय लोक संस्कृति झल्कने कार्यक्रम, विद्यार्थीको प्रतिभा प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, नृत्य तथा गायन सहित राष्ट्रिय कलाकार समेतको प्रस्तुती रहनेछ । साथै जातिगत साँस्कृतिक झाँकी, बाजागाजा सहित बृहत् कलश यात्रा समेत गरिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्ती कार्यक्रमलाई भव्य र बिशेष बनाउन आवश्यक सबै तयारी गरिने प्रअ गिरीले बताए । उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दाता तथा शिक्षाविदलाई सम्मान समेत गरिनेछ । कार्यक्रमको अन्तिम दिन चैत २९ गते स्वर्ण जयन्ती स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको प्रअ गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता