भानुको पुरानडिहि नगर अस्पतालमा अब २४ सै घण्टा डाक्टर

Devghat Online

शेयर गरौ

दमौली, चैत २६

तनहुँको भानु नगरपालिका–५ मा रहेको पुरानडिहि नगर अस्पतालमा अब २४ सै घण्टा डाक्टर निगरानी रहने भएको छ । नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अव विरामीले डाक्टरबाट सेवा लिन सक्ने हुँदा सामान्य विरामीले अन्यत्र धाउन नपर्ने भएको हो ।

केहि दिनअघि मेडिकल अधिकृत अप्राजिता सिंह नगर अस्पतालमा हाजिर भए सँगै विशेषगरी भानु नगरपालिकाका विरामीलाई सहज हुने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगर अस्पतालबाट ओपिडि सेवा, २४ सै घण्टा ईमरजेन्सी सेवा, गर्भवती जाँच, प्रसुती सेवा, खोप तथा पोषण सेवा, ल्याब सेवा लगाएतका सेवा प्रदान गरिँदै आईरहेको नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

नगरपालिकाकी उप–मेयर उमा गोतामेले पुरनडिहि नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक रहेकोले सवै नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै ग्रामीण क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो, छरितो र सहजरुपमा स्वस्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेकी छिन् ।

नगरबासीको स्वस्थ्य जस्तो महत्वपूर्ण विषय भएकाले नगरपालिकाबाट हुन सक्ने सम्पूर्ण कार्यहरु पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आर्थिक वर्षको बजेटमा समेत स्वस्थ्य, शिक्षा, कृषि पर्यटन र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता