आँबुखैरेनी स्थित मस्र्याङ्दी ड्याममा मोटरबोट सन्चालन हुने

Devghat Online

शेयर गरौ

दमौली, चैत २७

आबुँखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङदी ड्याममा मोटरबोट सञ्चालनको हुने भएको छ । आबुँखैरेनी गाउँपालिकाले आगामी बैशाख २ गतेदेखि मस्र्याङ्दी ड्याममा मोटरबोट सञ्चालन गर्न लागेको हो ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा मोटरबोटको शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याई पर्यटन प्रबद्र्धनका लागि मोटरबोट सन्चालन गर्न लागिएको अध्यक्ष चुमानले बताए । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता