अन्तराष्ट्रिय जैविक विविधता सम्मेलनमा पुर्काेटको रैथाने बालीको बिउ प्रर्दशनी

Devghat Online

शेयर गरौ

दमौली, चैत २७

पोखरामा मंगलबारदेखी सुरु भएको अन्तराष्ट्रिय कृषि जैविक विविधता सम्मेलनमा तनहुँको भानु नपा–९ स्थित जैविक विविधता संरक्षण समिति पुर्काेट सामुदायिक विउ बैंकले रैथाने बालिका विभिन्न प्रकारका १६५ जातका बिउहरु प्रर्दशनीमा राखेको छ ।

उक्त सम्मेलनमा पुर्काेट सामुदायिक विउ बैंकले खाद्य बाली, फलफुल, अन्नबाली, तेल हन, दल हन, जरे बाली, मसला बाली, जडिबुटी र वन पैदावरका १६५ जातीका बिउ प्रर्दशनीमा राखेको सामुदायिक विउ बैंक पुर्काेटका संस्थापक एवं सामुदायिक विउ बैंकका पुर्व केन्द्रिय अध्यक्ष सिताराम बजगाईले बताए ।

विश्व खाद्य संगठनको आयोजना तथा नेपाल सरकार र लिबर्डको व्यवस्थापनमा भएको उक्त सम्मेलनको कृषि मन्त्री ज्वालाकुमारी साह र वन तथा वातावरण मन्त्री नवल किशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सम्मेलनमा नेपालका तनहुँको पुर्काेट सामुदायिक विउ बैंक सहित नवलपुर, बारा र डोटी जिल्ला र विश्वका २४ देशको प्रतिनिधित्व रहेको छ । उक्त सम्मेलनमा सहभागी विभिन्न देशहरुले पनि आ आफ्नो देशको रैथाने बाली तथा विविधिकरण गरिएका विभिन्न बस्तुहरुको प्रर्दशनी गरेका छन् ।

चैत ३० गतेसम्म चल्ने उक्त अन्तराष्ट्रिय सम्मेलनमा विश्वभरबाट लोप हुँदै गईरहेको रैथाने बालीको संरक्षण गर्ने बारेमा चिन्तन मनन हुने र सम्बन्धित देशका सरकारहरुलाई यसबारेमा ध्यानाकर्षण गराईने बजगाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता