तनहुँ सेवा समाज कतारले बृहत साँस्कृतिक कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

दमौली, चैत २७

तनहुँ सेवा समाज कतारको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरकोू अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । आउँदो अप्रिल ११ तारिक दोहा स्थित होटल होलिडेको सभाहलमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरिले बताए ।

कार्यक्रममा चर्चित तनहुंगे कलाकारहरु लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक बसन्त बिश्वकर्माको बेजोड प्रस्तुति रहने बताइएको छ । साथै कतारमै रहेका नेपाली कलाकारहरुद्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा, चुट्काको प्रस्तुति पनि रहनेछ ।

बिशुद्घ परोपकारी कार्यको सहयोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि सहयोग गर्न सबैलाई महासचिब सन्तोष रेग्मीले आग्रह गरेका छन् ।

‘सबल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान’ भन्ने मुल नाराका साथ सन् २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखि नै प्रवास लगायत गृह जिल्लामा विविध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले