सडकमा लत्रिएको विद्युतको नाङ्गो तार छुँदा घाइते

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १

सडकमा लत्रिएको बिजुलीको नाङ्गो तार छुँदा शुक्रबार व्यास नपा–५ पतेनीमा एक युवा घाइते भएका छन् । घाइते हुनेमा मकवानपुर जिल्ला भिमफेदी गाउँपलिका–१ घर भएका २५ बर्षिय भरतबहादुर थिङ रहेका छन् ।

व्यास नपा–५ को ठुलोटारबाट पतेनी तर्फ आउँदै गर्दा सडकमा लत्रिरहेको विजुलीको हाइटेन्सन लाईनको तार छुँदा थिङ गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि तत्काल दमौली अस्पतालमा लगिएकोमा करेन्टको कारण शरिरका विभिन्न स्थानमा चोट लागेको र बोल्न नसक्ने अवस्था भएको कारण थप उपचारकोलागि भरतपुर अस्पताल चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

लामो समयदेखी उक्त स्थानमा बिजुलीको करेन्ट प्रवाह भएको नाङ्गो तार सडकमा लत्रिरहँदा पनि नेपाल विद्युत प्राधिकरणले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । यस बारेमा नेपाल विद्युत प्राधिकरण दमौली वितरण केन्द्रमा पटक पटक जानकारी गराईएपनि उक्त कार्यालयबाट कुनै सुनुवाई नभएको एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता