अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमशिलता तालिम र विउपुँजी वितरण

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र, रिसेडले व्यास नगर पालिकाको आर्थिक सहयोगमा विउपुँजी वितरण गरेको छ ।

विभिन्न वडामा रहेका २८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विउपुँजी वितरण गरिएको हो । सो कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पदम बहादुर परियारले अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यममा जोड्दै उनिहरुको मानव अधिकारलाई जोड दिनुपर्ने बताए ।

राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्थले राज्यले निर्माण गरेका कानुनको पालना गराउँदै अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको सामाजिक, आर्थिक अवस्थालाई ख्याल गर्दै समाजका हरेक क्रियाकलापलाई अपाङ्गता अनुकुल बनाउदै उनिहरुको समावेशिकरणमा विशेष जोड दिुनपर्ने बताए ।

व्यास नगरपालिका शिक्षा तथा सामाजिक शाखा प्रमुख केदारराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको विउपुँजी मार्फत अवस्थामा सुधार ल्याउन सकिने बताउँदै नगरले सञ्चालन गर्ने हरेक कार्यक्रमहरु अपाङ्गता भएका व्यक्तिहरुको अवस्था परिवर्तन गर्ने खालको हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी, तनहुँ नेत्रहिन संघका अध्यक्ष चिन बहादुर कुमाल, अपाङ्गता महिला सशक्तिकरण समाजकी अध्यक्ष सितादेवी कुँवर, सहृदयी मञ्च नेपालकी अध्यक्ष सावित्री सुवेदी, तनहुँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, मष्तिष्क पक्षघात स्वाबलम्बन समुह नेपालका तनहुँ संयोजक विष्णु प्रसाद गौतम, बाल हितकारी परियोजना नेपाल तनहुँका संयोजक सञ्जु शाहि लगायतले अपांगता भएका व्यक्तिहरुको जिवीकोपार्जन मार्फत पुनस्र्थापनाका सवालमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमको उद्घाटन सत्रपश्चात व्यवसाय सञ्चालनका आधार, अर्थ व्यवस्थापन र व्यवसायका आधारभूत तत्वहरुको वारेमा पशु विज्ञ डा.सञ्जय श्रेष्ठले सहजीकरण गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सवाल र उद्यमशिलताको सवालमा मष्तिष्क पक्षघात स्वावलम्बन समुह नेपाल तनहुँ संयोजक विष्णु प्रसाद गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता