बन्दीपुरमा दोस्रो अध्यक्ष कप खेलकुद कार्यक्रम सुरु

Devghat Online

शेयर गरौ

बन्दिपुर, बैशाख १

तनहुँको बन्दीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद कार्यक्रम अन्तर्गत वडास्तरीय सेभेन ए साईड फुटबल तथा भलिबल प्रतियोगिता नव वर्षको अवसरमा शनिबारबाट सुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गरिन् ।

बन्दीपुर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो । प्रतियोगितामा प्रत्येक वडाबाट दुई दुई टिम प्रत्येक विधामा समावेश गरिने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई कर सहित रु ६० हजार रुपैयाँ पुरस्कार र द्वितीय हुनेलाई करसहित रु ३० हजार पुरस्कार प्रदान गरिनेछ । खेलमा प्रत्येक विधामा १०÷१० जना खेलाडी समावेश गर्नुपर्नेछ ।

भलिबल खेल बन्दीपुर गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गण र फुटबलका बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित टुंडिखेलमा सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष रवि श्रेष्ठले बताए ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय सभामा नेकपा एमाले दलको सचेतक समेत रेहकी सांसद न्यौपाने, बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डे, बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता