प्रहरी चौकी थर्पुको डिआइजी खनालद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ४

म्याग्दे गाउँपालिका–४ थर्पुमा रहेको प्रहरी चौकी थर्पुको मंगलबार गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक विकास खनालले उद्घाटन गरे ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहोराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी डिआईजी खनाल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विशेष प्रहरी गण बेलचौताराका प्रमुख एसपी केदार खनाल, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख जनक बहादुर शाही, गण्डकी प्रदेश प्रहरी महिला संघकी अध्यक्ष कमला खनाल तथा म्याग्दे गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष तथा अन्य जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा डिएसपी दिपक कुमार रायले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो