वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत

Devghat Online

शेयर गरौ

चितवन, बैशाख ९

पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ । वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ । विभागका अनुसार भरतपुरमा आज बिहान ११ः४५ बजे वायुको गुणस्तर सूचकांक एक्यूआई २२२ पुगेको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्यूआई ११५ देखि १५३ सम्म पुगेको छ ।

विभागको सूचकांकले मुगुको रारामा समेत डढेलोका कारण एक्यूआई १५३ पुगेको छ । यस्तै, पोखरामा समेत एक्यूआई १४० पुगेको विभागको रेकर्ड छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आइतबार बिहान ११ः३० बजे विश्वका १२२ सहरहरूमध्ये काठमाडौं दोस्रो प्रदूषित नम्बरमा सूचीकृत छ ।

काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १९५ सम्म पुगेको विभागको रेकर्ड छ । एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय