थर्पुकी बालिकालाई पोखरा लगि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार २३

म्याग्दे गाउँपालिका–४ थर्पुकी नाबालिकालाई ललाई फकाई पोखरा पु¥याई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भइ हाल कास्की जिल्ला पोखरा मनपा–११ रानीपौवा बस्दै आएका २९ बर्षिय अरुण कुमार दास र भारत बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वडा नम्बर ९ सुरसड गाउँ घर भइ हाल पोखरा मनपा–११ रानीपौवा बस्दै आएका १९ बर्षिय सुनिल दास भन्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा सचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

गत असार १७ गते बिहान अन्दाजी ११ बजे म्याग्दे गाउँपालिका–४ थर्पुकी बालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग ८प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी उमक्न नदिई पोखरा रानीपौवामा रहेको उनीहरुको डेरामा लगि बन्धक बनाई असार १८ गते बिहान ९.३० बजेको समयमा पालैपालो तथा सामुहिक रुपमा जबर्जस्ती बलात्कार गरेको प्रहरीको आरोप छ ।

बालिकालाई बलात्कार गरि सोही दिन दिउँसो ३ः३० बजे पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा मनपा–३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडकखण्डमा चेकीङ गर्ने क्रममा आरोपितहरूले प्रहरीलाई देखेपछी भाग्न खोज्दा उनीहरुलाई पक्राउ गरि कास्की जिल्ला अदालतमा पेश गरि अदालतबाट अपहरण वा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्धामा म्यादथप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता