बोलवम मेलामा आउने भक्तजनलाई जेसिजले निःशुल्क पानी र मही वितरण गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, साउन ६

देवघाटधाममा भोली सोमबार बाट सुरु हुने बोलवम मेलामा आउने भक्तजनलाई देवघाटधाम जेसिजको संयोजनमा निशुल्क पानी तथा मही वितरण गरिने भएको छ ।

बोलवम मेलामा आउने भक्तजनहरुकोलागि देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसिज शाखाहरूको संयुक्त आयोजनामा निशुल्क पानी तथा मही वितरण गरिने देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही निशुल्क रूपमा वितरण गरिने अध्यक्ष मल्लले जानकारी दिए ।

उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा हुने छ । साउन महिनाको हरेक सोमबार बोलवम मेला लाग्ने हुँदा उक्त मेला अवधिभर निशुल्क पानी र मही वितरण गरिने अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने