देवघाटमा निर्जिवन विमा सम्बन्धी अभिमुखीकरण हुने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १३

देवघाट गाउँपालिकामा निर्जिवन विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ । देवघाटधाम जेसिजको आयोजनामा सिद्धार्थ प्रिमियर ईन्स्युरेन्स लि.नारायणगढ शाखाको सहजिकरणमा शुक्रबार दिउँसो १ बजे देवघाट–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा उक्त कार्यक्रम हुने देवघाटधाम जेसिजका कानुनी सल्लाहाकार एवं कार्यक्रम संयोजक माधव न्यौपानेले बताए ।

उक्त कार्यक्रममा निर्जिवन विमाको महत्वको बारेमा जनकारी गराउने र विमा गराउने प्रक्रियाहरुको बारेमा पनि जानकारी गराइने देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले बताए । सो कार्यक्रममा सहभागी हुन सम्पुर्ण देवघाटधामबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले