अनि पो साँच्चै दशै आए झैं हुन्थ्यो !

Devghat Online

शेयर गरौ

शालिकराम सिग्देल
भिमाद नपा–१ किहुँ

झरी सकिएर शरदकोबिच बिहान हल्का कुहिरो पछि मिठो घाम लाग्थ्यो, खेतमा धान पसाउँथ्यो बारिमा कोदो अनि पहेंलै तोरी फुल्थ्यो ! यता टन्न सुलिमा मकै गोठमा लैना भैंसी हुन्थे, उता हरियालि सङ्गै मनोरम प्रकृति हुन्थ्यो र पो रमाइलो दशैं आए झै हुन्थ्यो !

कस्ता रमाइला थिए ती गाउँघर परदेशीको क्यासेटले रन्किन्थ्यो दिनभर, साहिला दाई पयो मिलाउने हामी घुम्दै पिङ बाट्ने, चोकमा लिङ्गे अनि भञ्ज्याङमा जाँते र रोटे पिङ हालिन्थ्यो र पो दशैंको रौनक छाउँथ्यो !

बाटो सफा गर्न कटुवालद्वारा उर्दी जारी गराइन्थ्यो , पहेंलै पाकेका चरिले चाखेका वेलौति खाजा खाइन्थ्यो ! गाउँलाई खोला बाँडेर बहुविष हालिन्थ्यो, सीप कम हुनेले पनि त माछा समातिन्थ्यो, रातभर झ्याउरे हुन्थ्यो र पो दशै आएको भान हुन्थ्यो !

घरमा माकुराको जालो फालिन्थ्यो, रातो र कमेरो माटो ल्याइन्थ्यो घर चट्ट पारिन्थ्यो ! माटो मुछि डिल लाइन्थ्यो गाईको गोबरले पोतेर आँगन सफा गरिन्थ्यो, दुई तीन दिनलाई घाँसको भारी लडाइन्थ्यो बल्ल पो दशैंको रौनक छाउँथ्यो !

सेलरोटी पकाउन घरकै तोरी पेलिन्थ्यो, आज जस्तो भेलिको चलन थिएन खुदोको जोहो गरिन्थ्यो ! हप्तादिन अगाडि मालभोग अनि मुघ्रे केराका घरि काटिन्थ्यो, दशैंलाई भनेर घरघरमा पालेको एमानको खसी आँगनमा ढालिन्थ्यो र पो अर्गानिक दशैं मनाइन्थ्यो !

विश्वास थियो ठुलाको शंका कम गरिन्थ्यो, एैंचोपैंचो बढि चल्थ्यो पारिवारिक मायामोह गाढा हुन्थ्यो, साथिभाईको भेटघाटका लागि औपचारिकता मात्र होइन सार्थक पुनर्मिलन कार्यक्रम हुन्थ्यो ! टपरीमा सेलरोटी अनि सफा होइन नयाँ नोठ खल्तिमा हाली एकान्तमा दक्षिणा गनिन्थ्यो र पो साँच्चै दशैं आएको महशुस हुन्थ्यो !

वडा दशैं २०८१ को सबैमा हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी