शुक्लागण्डकीमा बाम भेटघाट तथा शुभकामना आदनप्रदान

Devghat Online

शेयर गरौ

दुलेगौंडा, असोज २८

चाडपर्वको अवसरमा बाम घटक शुक्लागण्डकीले बाम भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम दुलेगौंडामा सोमवार सम्पन्न गरेको छ ।

बामबुद्धिजिवी शेषमणि आचार्य लगायतले २०५१ सालदेखि शुरु गरेको बाम एकता भेटघाट कोभिडको समयबाहेक प्रत्येक वर्ष आयोजना हुदै आएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ बाम बुद्धिजिवी एवम् पत्रकार विश्वबन्धु भण्डारीले कम्युनिष्टहरुले आफ्नो आचारणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, श्यामराजा महत, बामपन्थी नेता जनादर्न वियोगी लगायतले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका थिए । सहभागी बाम नेताहरुले व्यक्तिगत हित र स्वार्थमा केन्द्रित भन्दा देशको विकास र समृद्धिमा केन्द्रित रहन सुझाव दिए ।

नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एस शुक्लागण्डकी नगर कमिटी अध्यक्ष राम बहादुर क्षेत्री थापा, नेकपा जिल्ला सेक्रेटरी विलास सी लगायतले बोलेका थिए ।

सो भेटघाटले बाम घटक पार्टीबीच कार्यगत एकता गर्ने र नगरभित्र रहेका विकृति विसंगति,भ्रष्टचारविरुद्ध एक हुने निर्णय समेत भएको नेकपा एमाले शुक्लागण्डकी नगर कमिटिका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण