तनहुँमा डेंगुका विरामी बढ्दै, सोमबार सम्म ३७२२ डेंगुका विरामी

Devghat Online

शेयर गरौ

दमौली, असोज २८

तनहुँ जिल्लाभर डेंगुको संक्रमण बढ्दो क्रममा छ । तनहुँका १० वटै पालिकामा डेंगुका विरामी रहेका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ३७२२ जना डेंगुका विरामी रहेका छन् ।

त्यसमध्ये सबैभन्दा धेरै आबुँखैरेनी गाउँपालिकामा १५६१ जना रहेका छन् । त्यस्तै व्यास नगरपालिकामा १३९३, शुक्लागन्डकी नगरपालिकामा ४२१, बन्दिपुर गाउँपालिकामा १३९, देवघाट गाउँपालिकामा ५३ जना रहेका छन् ।

त्यसैगरि म्याग्दे गाउँपालिकामा ४२, भानु नगरपालिकामा ४०, भिमाद नगरपालिकामा ३७ तथा ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण