शुक्लागण्डकीमा बाम भेटघाट तथा शुभकामना आदनप्रदान

Devghat Online

शेयर गरौ

दुलेगौंडा, असोज २८

चाडपर्वको अवसरमा बाम घटक शुक्लागण्डकीले बाम भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम दुलेगौंडामा सोमवार सम्पन्न गरेको छ ।

बामबुद्धिजिवी शेषमणि आचार्य लगायतले २०५१ सालदेखि शुरु गरेको बाम एकता भेटघाट कोभिडको समयबाहेक प्रत्येक वर्ष आयोजना हुदै आएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ बाम बुद्धिजिवी एवम् पत्रकार विश्वबन्धु भण्डारीले कम्युनिष्टहरुले आफ्नो आचारणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, श्यामराजा महत, बामपन्थी नेता जनादर्न वियोगी लगायतले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका थिए । सहभागी बाम नेताहरुले व्यक्तिगत हित र स्वार्थमा केन्द्रित भन्दा देशको विकास र समृद्धिमा केन्द्रित रहन सुझाव दिए ।

नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एस शुक्लागण्डकी नगर कमिटी अध्यक्ष राम बहादुर क्षेत्री थापा, नेकपा जिल्ला सेक्रेटरी विलास सी लगायतले बोलेका थिए ।

सो भेटघाटले बाम घटक पार्टीबीच कार्यगत एकता गर्ने र नगरभित्र रहेका विकृति विसंगति,भ्रष्टचारविरुद्ध एक हुने निर्णय समेत भएको नेकपा एमाले शुक्लागण्डकी नगर कमिटिका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु