दमौली, कार्तिक २१
म्याग्दे गाँउपालिकाद्धारा आयोजित एकिकृत घुम्ति शिविरवाट १३३३ जना पशु कृषक लाभान्वित भएका छन् । शिविरमा ५३ वटा कुकुर र विरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिईएको छ भने ७८ वटा पशुको गोवर परिक्षण गरिएको छ । त्यसैगरि १२० वटा वहर र वोकामा वन्ध्याकरण गरिएको छ ।



उक्त शिविरमा कुकरलाई ५१ र बिरालोलाई ३ गरि रेविज भ्याक्सिन ५३ वटा, गोबर परिक्षण ७८, बन्ध्याकरण १२० गरिएको छ । त्यसैगरि गाई गोरु उपचार सेवा ३७७, भैंसी ६३३, बाख्रा ५६८०, सुंगुर तथा बुंगुर ५१८, कुखुरा ९८२६, कुकुर र बिरालो १४१ र हाँस १९ वटालाई उपचार गरिएको डा. शाहले बताए ।

१३३३ सेवा ग्राही मध्ये वडा नम्बर १ का २२३, वडा नम्बर २ का २८६, वडा नम्बर ३ का ८३, वडा नम्बर ४ का १८७, वडा नम्बर ५ का २११, वडा नम्बर ६ का १९७ र वडा नम्बर ७ का १४६ जना सेवाग्राही लाभान्वित भएका छन् ।
म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर असोज ७ गते शुरु भई कार्तिक ९ गते सम्पन्न भएको थियो ।












