परियार सेवा समाजको अध्यक्षमा नारायण परिश्रमी

Devghat Online

शेयर गरौ

अन्जान परियार । मंसिर ३, चितवन

परियार सेवा समाजको केन्द्रीय अध्यक्षमा नारायण परिश्रमी निर्वाचित भएका छन् । परियार सेवा समाजको चितवनमा सम्पन्न भएको पाचौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नारायण परिश्रमी परियार सर्बसम्मत चयन भएका हुन् । समाजको सह–अध्यक्षमा प्रेम देवी परियार तथा उपाध्यक्षहरुमा ओझ कुमार शिवा, वेल बहादुर परियार, फत्तेमान परियार, जुम बहादुर परियार, हरि नेपाली, अमर बहादुर परियार र रुपा आउजी निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा बुद्धिमान परियार, उपमहासचिव सरोज गौतम र समुन्द्र परियार, सचिबहरु नैनसिंह थहारी, मान बहादुर परियार, शुभमाया परियार, भोज बहादुर नेपाली र कोषाध्यक्षमा खड्क बहादुर बर्देवा गरि ५१ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएका छन् ।

उक्त पाँचौ राष्ट्रिय सम्मेलनको शनिबार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घानट गरेका थिए । राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रम अघि चितवनको भरतपुरमा बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो ।

परियार सेवा समाजका अध्यक्ष डिबि परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा संबिधान सभा सदस्य टेकु नेपाली र दुर्गा परियारले २०५२ सालमा स्थापना भएको परियार सेवा समाज अहिलेको दुई धार बन्न पुगेकोमा दुख ब्यक्त गर्दै मिलेर एकताको सन्देश दिन अपिल गरे ।

उक्त कार्यक्रममा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कमल पाठक, नेपाली काँग्रेस जिल्ला उपसभापती राजिब न्यौपाने, डा. मित्र परियार, चितवन जिल्ला अध्यक्ष बाबुराम छिनाल निबर्तमान केन्द्रिय सचिब लाल बहादुर परियार, सामाजिक अभियान्ता रिता परियारले पनि मन्तव्य राखेका थिए । सो कार्यक्रममा कलाकारहरु सुनिता परियार, बिक्रम परियार र शिवराज गौतमले सांगीतिक प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण