भानुको कर्मदा माविमा पढ्दै कमाउँदैः विद्यार्थी आलुखेतीमा रमाउँदै

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ११

भानु नगरपालिका–९ बाइसजाँगरस्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती सुरू गरेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी क्षेत्रफलमा आलुखेती सुरू गरेका हुन् ।

विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई मौसम अनुसारको खेती गर्न सिकाउने उद्देश्य अनुरूप आलुखेतीमा संलग्न गरिएको प्रअ सञ्जयकुमार विकले जानकारी दिए । छात्राबासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैँप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्यस्वरूप आलुखेती गराइएको उनको भनाइ छ ।

उनले भने, ’छात्राबासमा बस्दा अभिभावकको केही रकम खर्च हुन्छ । आलुखेती गरेर केही आम्दानी भयो भने सहज हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रमप्रतिको भावनासमेत जगाउँछ ।’ आलुखेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् ।

त्यसक्रममा ७० किलो आलु रोपिएको प्रधानाध्यापक विकले बताए । उनले भने, ’पढाइसँगै व्यावहारिक सीप सिकाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ उत्पादित हुने आलु बिक्री गरी विद्यार्थीले खर्च जुटाउन सक्ने विकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता