दमौली, मंसिर ११
गन्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातयात मन्त्री प्रकाशबहादुर केसीले प्रदेश सरकार अन्तर्गत भिमाद नगरपालिकामा सन्चालित योजनामा बजेट अभाव हुन नदिने बताएका छन् । मंगलबार भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले भिमाद नगरपालिकामा सन्चालित योजनालाई जतिसक्दो पुर्णता दिन आफुले सहयोग गर्ने बताए ।
मन्त्री केसी समक्ष भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले भिमाद नगरपालिकामा प्रदेश सरकार अन्तर्गत सन्चालित योजनाहरु समयमै सम्पन्न गर्नकोलागि आवश्यक बजेट विनियोजन गर्न अनुरोध गरेका थिए । मन्त्री केसी मंगलबार मानपुर–डेढगाउँ सडकको निरिक्षण गरि नवलपुर गएका थिए ।