देवघाटमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १०

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा देवघाट गाउँपालिकमा सचेतना कार्यक्रम हुने भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यकोलागि ऐक्यबद्धता’ भन्ने मुल नारा सहित सोमबारबाट मनाईएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अगामी मंसिर १७ गते सोमबार गाउँपालिका स्तरीय सचेतना कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए ।

गाउँपालिकाको सभाहलमा हुने उक्त कार्यक्रममा उपस्थित हुने महिला संघ संस्थाहरुकोलागि सामाजिक विकास कार्यालयको तर्फबाट प्रोत्साहन स्वरुप जनही ३ हजार नगद समेत प्रदान गरिने भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

यसैविच देवघाट गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ । सोमबार गाउँपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि अभियानको शुभारम्भ गरिएको हो ।

उक्त अवसरमा ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यकोलागि ऐक्यबद्धता’ भन्ने नारा सहतिको व्यानरमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरि १६ दिने अभियानको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले लैङ्गिक हिंसा अन्त्यकोलागि सबैको सामुहिक प्रतिबद्धता र ऐक्यबद्धता हुनु पर्ने बताए । कसैले पनि हिंसा नगर्ने तथा हिंसा नसहने हो भने यस्ता हिंसाका घटनाहरु अन्त्य हुने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता