देवघाटका सामुदायिक वन उपभोक्ता समुहलाई क्षमता अभिवृद्धि कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १९

देवघाट गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय वन महासंघ देवघाटको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संयोजनमा बुधबार देवघाटका सामुदायिक वन उपभोक्ता समूहहरूको लागि एकदिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले उद्घाटन गरेका थिए । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष भुवन सिं गुरूङ, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मणिराज गुरूङ, देवघाट सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा देवघाटका विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता