लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनीमा सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, मंसिर १६

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनी गाउँपालिकामा बुधबार सेचतना कार्यक्रम आयोजना गरिएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागी एक्यबद्धता’ भन्ने राष्ट्रिय नारा सहित आँबुखैरेनी गाउँपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्ध कानुनी परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गाउँ कार्यपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेलले पनि मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायधिश कमलराज बिष्ट, जिल्ला सरकारी वकिल कार्यालय तनहूँका जिल्ला न्यायधिवक्ता खेमराज पाठक, जिल्ला अदालत तनहूँका इजलास अधिकृत कृष्ण गौतम, सरकारी वकिल कार्यालयका नासु सुमन ढकाल, आँबुखैरेनी अस्पताल प्रमुख÷मेसु.डाक्टर डि.बि.क्षेत्री, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक कमल राज सुबेदीले विभिन्न विषयमा सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता