लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनीमा सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, मंसिर १६

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आबुँखैरेनी गाउँपालिकामा बुधबार सेचतना कार्यक्रम आयोजना गरिएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागी एक्यबद्धता’ भन्ने राष्ट्रिय नारा सहित आँबुखैरेनी गाउँपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्ध कानुनी परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गाउँ कार्यपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेलले पनि मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायधिश कमलराज बिष्ट, जिल्ला सरकारी वकिल कार्यालय तनहूँका जिल्ला न्यायधिवक्ता खेमराज पाठक, जिल्ला अदालत तनहूँका इजलास अधिकृत कृष्ण गौतम, सरकारी वकिल कार्यालयका नासु सुमन ढकाल, आँबुखैरेनी अस्पताल प्रमुख÷मेसु.डाक्टर डि.बि.क्षेत्री, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक कमल राज सुबेदीले विभिन्न विषयमा सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक