आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष श्रेष्ठ लगाएत सदस्यहरुको पद बहाली

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ लगाएत सदस्यहरुको पद बहाली गरिएको छ । बुधबार आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा एक कार्यक्रमका बीच आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ लगाएत सदस्यहरुको पद बहाली गरिएको हो ।

सो अवसरमा जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, सदस्यहरु नारायणी अधिकारी, अञ्जना तिमिल्सेना, आकाश अधिकारी, दिवाकर घिमिरे र पूर्णबहादुर लौडारीले पदभार ग्रहण गरेका थिए । कार्यक्रममा भानु जन्मस्थल बिकास निर्देशन समितिका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जन्मस्थल बिकास समिति नगरपालिका मातहत रहेकोले अब जन्मस्थलको बिकासका लागि भानु नगरपालिकाको दायीत्व रहने हुँदा नगरपालिकाकले जन्मस्थल बिकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्दै नव गठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

पदबहाली गरे सँगै अध्यक्ष श्रेष्ठले जनसभागीताले अपन्वत्व बढाउने हुँदा जनसहभागिता परिचालन गरी स्थानीय स्तरमा कार्यक्रम गरिने जानकारी गराउँदै आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घा बनाऔं भन्ने अभियान संचालन गरिने जानकारी दिनुभयो । कार्यक्रममा भानु नगरपालिकाकी उप प्रमुख उमा गोतामे, वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे लगाएतको पनि सहभागिता रहेको थियो ।

विक्रम सम्वत २०५२ सालमा नेपाल सरकारले गठन गरेको भानु जन्मस्थल समितिलाई गत वर्षको पौष महिनाको मन्त्री परिषदको बैठकले स्थानीय तहको मातहतमा रहने गरि संघीय सरकारबाट स्थानीय तहमा हस्तान्त्रण गरिएको थियो । भानु नगरपालिकाले आदिकवि भानुभक्त जन्मस्थल बिकास समितिका लागि कार्यबिधि निमार्ण गरिसकेको छ भने गत कार्तिक २९ गतेको कार्यपालिकाको बैठकले आदिकवि भानुभक्त जन्मस्थल बिकास समिति गठन तथा संचान ऐन २०८१ को दफा ५ बमोजिम आदिकवि भानुभक्त जन्मस्थल बिकास समिति गठन गर्ने निर्णय गरेको थियो ।

जस अनुसार नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिएका वा सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरेका मध्येबाट रामकुमार श्रेष्ठलाई अध्यक्षमा मनोनीत गरिएको थियो । अध्यक्ष श्रेष्ठ नेपाली काँग्रेस भानु नगर समितिका सभापती हुन् ।
यस्तै नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिएकाहरु गण्डकी प्रदेशबाट नारायणी अधिकारी, अञ्जना तिमिल्सेना, आकाश अधिकारी, विष्णु प्रसाद आचार्य र दिवाकर घिमिरे मनोनीत भएका छन् । त्यसैगरी जुनसुकै स्थानमा रही नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिएकाहरु प्रभा भट्टराई आचार्य, डाक्टर प्रकाश तिवारी र पदम तिमिल्सिना, भानुभक्त आचार्यलाई नेपाली सहित्यलाई स्वदेश तथा विदेशमा चिनाउन योगदान दिएका अनुसन्धनकर्ता, साहित्यकार, सर्जक, संस्कतिकर्मी, ईतिहास विद् वा पुरातत्वविदहरु मध्ये नारायण बोहोरा, स्थानीय तहमा विकास निर्माण तथा सम्पदा संरक्षणका क्षेत्रत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका निवर्तमान उप प्रमुख आशा थापा, र वडा नं. ४ का निर्वतमान वडा अध्यक्ष पूर्णबहादुर लौडारी तथा भानु जन्मस्थलको विकास र आदिकवि आचार्यको योगदानलाई विश्व माझ चिनाउने नेपालका लागि अमेरिकाका महावाणिज्य दूत प्रेमराजा महत र मोहन निरौलालाई पनि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सदस्यमा मनोनित गरिएको भानु् नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्