माओवादी केन्द्र म्याग्देको अध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २३

नेकपा माओवादी केन्द्र म्याग्दे गाउँ कमिटिको अध्यक्षमा बालकृष्ण श्रेष्ठ चयन भएका छन् । आइतबार सम्पन्न दोश्रो गाउँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यिय गाउँ कमिटि चयन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा जमुना अधिकारी र बिकास नेपाली, सचिवमा सोम बहादुर सदाशंकर, सहसचिवमा टेक बहादुर कामी र कोषाध्यक्षमा राजेश अधिकारी चयन भएका छन् ।

उक्त अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज आशा कोईराला, केन्द्रीय सल्लाहाकार इन्द्रबहादुर अधिकारी, जिल्ला संयोजक मदन आले, गन्डकी प्रदेशका उपसचिव अतिन्द्र केशरी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

यसैगरि माओवादी केन्द्र ऋषिङ गाउँ कमिटिको दोश्रो अधिवशेन तथा खबरदारी सभा आज वडा नम्बर १ को झापुटारमा हुने भएको छ । उक्त खबरदारी सभा तथा अधिवेशनको नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला संयोजक मदन आलेले जानकारी दिए ।

त्यसैगरि आबुँखैरेनी गाउँ कमिटिको दोश्रो अधिवशेन तथा खबरदारी सभाको मंगलबार उपमहासचिव तथा पुर्व मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन र बेचबिखन नगर्न स्वास्थ्य कार्यालयको अनुरोध

तनहुँ । असार २५ प्रदेश स्वास्थ्य कार्यालय तनहुँले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ र सेवन र