म्याग्दे गाउँपालिकाको १० शैयाको थर्पु अस्पतालको उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २९

म्याग्दे गाउँपालिकाले निर्माण गरेको १० शैयाको थर्पु अस्पतालको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै मन्त्री पौडेलले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताए ।

स्वास्थ्य नागरिकको आधारभुत अधिकार भएको हुँदा नागरिकको उक्त अधिकार कार्यान्वयनकोलागि सरकार लागि परेको बताए । वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार, अराजकता तथा बेथितीको अन्त्य भएको भन्दै मन्त्री पौडेलले सरकारले धेरै क्षेत्रमा राम्रो काम गर्दै गएको बताए ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिएको बताए । अध्यक्ष श्रेष्ठले नागरिकको स्वास्थ्य प्रति सम्वेदनशिल हुँदै विभिन्न स्थानमा पटक पटक स्वास्थ्य शिविरहरु आयोजना गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पुर्व सांसद केदार सिग्देल, गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, गन्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, शुक्लागन्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष माया राना, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारी, गाउँपालिकाका प्रवक्ता मणिभद्र वाग्ले, वडा अध्यक्षहरु टुकराज अधिकारी, दिपक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो प्रधानमन्त्रीत्वकालमा देशका सबै स्थानीय तहमा कम्तीमा १० शैयाको आधारभुत अस्पताल निर्माण गर्ने निर्णय अनुसार म्याग्दे गाउँपालिका वडा नम्बर ४ को थर्पुमा आधारभुत अस्पतालको निर्माण सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण