घिरिङमा नसर्ने रोगको मास स्क्रिनिङ्ग सम्बन्धि निशुल्क शिविर सन्चालन हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

घिरिङ गाउँपालिकामा नसर्ने रोग मास स्क्रिनिङ्ग सम्बन्धि निशुल्क शिविर संचालन हुने भएको छ । घिरिङ गाउँपालिका र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको संयुक्त आयोजनामा हुने सो शिविर वडा नं ३ को सुन्धारा स्वास्थ्य चौकिमा हुन लागेको हो । शिविरमा ४० वर्ष माथिको उमेर समुहका सबै नागरिकले स्वास्थ्य परिक्षण गराएर सेवा लिन सक्नेछन ।

यहि पुस महिनाको ९ गते मंगलबारका दिन बिहान ८ बजे देखि २ बजे सम्म संचालन हुने शिविरमा सहभागी भएर नमुना संकलन गराउन गाउँपालिकाले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उक्त शिविर लाई जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको प्राविधिक सहयोग रहेको छ । शिविरमा विशेषज्ञ डाक्टर र नर्सहरु बाट सुगर, मृगौला, कोल्स्ट्रोल, मुटु लगायत अन्य परिक्षण गर्न तथा परामर्श लिन सकिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए । साथै उक्त स्वास्थ्य परिक्षणको रिपोर्ट लिनको लागि १० गते पुन उपस्थिति हुनुपर्ने रिमालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको