खहरेमा १५ पुस देखि वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस ६

बन्दीपुर गाउँपालिका–६ खहरेमा तमु ल्होसारको अवसरमा आगामी पुस १५ देख्री १८ गतेसम्म वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गरिने भएको छ । खहरे स्थित मिलिजुली युवा क्लबको आयोजनमा गरिने उक्त प्रतियोगिताको बारेमा क्लवले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

तमु भाषा, संस्कृति, सभ्यता र पहिचानलाई जगेर्ना तथा संरक्षण गर्ने हेतुले हरेक बर्ष पन्ध्र पुस तमु ल्होसारको अवसरमा खेलकुँद प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । क्लवका संस्थापक अध्यक्ष एबम कार्यक्रम संयोजक सिद्धान्त गर्जा मगरले बताए । गाउँ ठाउँका युवाहरुलाई यस्ता खालका पुरस्कारले अझै खेलप्रति रुचि जगाउन सहयोग पुगोस् भन्ने उदेश्यका साथ ठाउँलाई भन्दा पनि गाउँलाई प्रबद्र्धन गर्न कार्यक्रम गर्न लागिएको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वित्तिय हुनेले ६० हजार र तृतीय हुने टिमले ४० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना हुने टिमले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने गर्जामगरले बताए । प्रतियोगितामा ५० टिमको सहभागिता हुने अपेक्षा गरिएको गर्जामगरले बताए ।

राज्यले पनि खेलकुदलाई प्रोत्साहन गर्न नसकेको हुँदा स्थानीय सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने भलिबल संघका जिल्ला अध्यक्ष पदम सुनारले बताए । खेल जगतलाई सबैले प्रोत्साहन र माया गर्नुपर्ने उनले बताए ।

पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले यस्ता खालका प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुन सहयोग पुग्ने बताए । उनले तमु ल्होसारले आफ्नो संस्कृति जोगाउन पनि सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको