देवघाटका जनप्रतिनिधि र कर्मचारीलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, पुस ८

देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि अभिमुखीकरण कार्यक्रम सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

देवघाट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा जनप्रतिनिधि र वडाका कर्मचारीहरुलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि विषयमा जानकारी दिने उद्देश्यले सो अभिमुखीकरण आयोजना गरिएको हो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङ र कम्पुटर अपरेटर शंकर थापाले अनलाइन नागरिकता सिफारिस सम्बन्धि विषयमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूड, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर, कार्यक्रम अधिकृत कृष्णराज पन्थ लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पाँचवटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा वडामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । नागरिकता प्रमाणपत्र सिफारिस कार्यलाई विद्युतिय प्रणाली मार्फत सिफारिस गर्ने अभियान अन्तर्गत सबै पालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको