रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस ८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले पाएका छन् ।

रवि लामिछानेलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उपसभापति अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले रवि लामिछाने, डीपी अर्याल र स्वर्णिम वाग्लेको सहमतिमा अर्याल कार्यवाहक सभापति बनेको जानकारी दिए ।

‘सभापतिज्यूले ६ गते नै कार्यवाहकको लागि निर्णय गरेर नोट पठाउनुभएको थियो,’ भर्चुअल बैठकपछि सहमहामन्त्री बुर्लाकोटीले भने, ‘सभापति रवि लामिछाने र उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेबीचको सहमतिमा कार्यवाहक सभापतिको टुंगो लगाएका छौं । डीपी अर्याल कार्यवाहक सभापति बन्नु भएको छ ।’

२०८१ कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो । कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि प्रहरीले लामिछानेलाई सांसदबाट निलम्बन गर्न आग्रह गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको