दमौली सभाहलको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्रलाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २३

व्यास नगरपालिकाले दमौली सभाहलभित्र रहेको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण गरेको छ । पुर्व सहमती अनुसार उक्त सभाकक्ष कर्मचारी मिलनकेन्द्रलाई हस्तान्तरण गरिएको हो । जिल्ला सभाहल निर्माण गर्ने क्रममा कर्मचारी मिलन केन्द्रको भवन भत्काईएको थियो । उक्तक्रममा सभाहल निर्माण भएपछि एउटा कक्ष कर्मचारी मिलन केन्द्रलाई उपलब्ध गराउने सहमती भएको थियो ।

मंगलबार व्यास नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त भानुभक्त सभाकक्ष हस्तान्तरणको औपचारिक पत्र र चाबी निजामती कर्मचारी संघ तनहुँका अध्यक्ष नारायण अधिकारीलाई प्रदान गरेका थिए । शिक्षा तथा सामाजिक विकास कार्यालय तनहुँका इकाई प्रमुख र नापी कार्यालय तनहुँका प्रमुखको उपस्थितिमा पत्र र चावी हस्तान्त्रण भहेको थियो ।

उक्त हस्तान्तरणले नगरपालिका र कर्मचारीहरूको सहकार्य र समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । उक्त सभाहलमा साना ठुला गरेर ५ वटा सभाकक्षहरु रहेका छन । जिल्ला समन्वय समितिको स्वामित्वको उक्त सभाहल जिल्ला समन्वय समिलिते गत महिना व्यास नगरपालिकालाई सन्चालनको लागि हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक