देवघाट महा–महोत्सवमा शुक्रबार जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य आउने

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३

देवघाटधाममा जारी ऐतिहासिक मकर स्नान मेला तथा देवघाट महा–महोत्सवमा शुक्रबार जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् । नेपालका तीर्थहरूको संरक्षण, प्रवद्र्धन र विकासमा अतुलनीय योगदान पु¥याएका जगत्गुरु बालसन्त मोहन शरण देवाचार्यले देवघाट महा–महोत्सवमा आई भक्तजनहरुलाई आर्शिवचन दिने भएका छन् ।

नेपालका प्राचीन तीर्थहरूको महत्व उजागर गर्न उनको नेतृत्व र सत्संकल्पलाई प्रेरणादायी मानिन्छ । उनकै सत्संकल्पमा सुनसरीको चतरा धाम र वराहक्षेत्रमा भव्य कुम्भ मेलाको आयोजना थियो ।

महोत्सवको आयोजक समितिका अनुसार देवाचार्यको उपस्थिति र प्रवचनले भक्तजनहरूलाई आध्यात्मिक ज्ञान र धार्मिक चेतनाले अभिप्रेरित गर्नेछ ।

उनको सत्संग र आशीर्वचनले देवघाट महा–महोत्सवलाई थप भव्य र ऐतिहासिक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यलाई नेपालको प्रथम जगतगुरु मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो