देवी प्रतिभाको भागवत महात्म्य व्याख्या र महाराजजीको प्रकल्पप्रति समर्पण

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३

आदिप्रयाग देवघाटधाममा माघ महिनाभर हुने देवघाट महा–महोत्सव तथा देवघाट दिव्यधाम जग शीला पूजन अनुष्ठानमा देवी प्रतिभाले भागवत महात्म्यको व्याख्या गर्दै भक्तजनहरूलाई आध्यात्मिक ज्ञान प्रदान गरिरहेकी छिन् । कथाको क्रममा देवी प्रतिभाले नेपाली भक्तजनहरूबाट पाएको माया सम्झेर पुनः नेपाल आएको बताइन् ।

मातापिता सेवा आश्रम देवघाट दिव्यधामका परिकल्पनाकार तथा देवघाट महा–महोत्सवका सत्संकल्पकर्ता इश्वरकृष्ण महाराज जीको प्रेरणाले आफूलाई यो पुण्य कार्यमा सहभागी हुन मार्गदर्शन गरेको उनले बताइन् । उनले इश्वरकृष्ण महाराजजीको कथा वचन र मानव सेवाका कार्यलाई सधैं नजिकबाट नियाल्दै आएको र स्वयं उपस्थित भएर सहयात्री बन्न पाउँदा गौरवान्वित महसुस गरेको बताइन् ।

लोकप्रिय कथा वाचिका देवी प्रतिभाले आफ्नो कथा वाचनले देवघाट दिव्यधाम र मातापिता सेवाश्रम निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै, अन्य व्यक्तिगत कार्यहरूलाई पछि सारेर महाराजजीको प्रकल्पमा सहभागी हुन आएको पनि बताइन् । ‘महाराज जीको सत्संकल्पले प्रेरित भई यो पुण्यभूमिमा कथा वाचन गर्न पाउँदा हर्षको अनुभव भइरहेको छ’ उनले भनिन् ।

देवी प्रतिभाले माघ १० गतेसम्म कथा वाचन मार्फत भक्तजनहरूलाई धर्म र अध्यात्मप्रतिको आस्था बलियो बनाउँदै देवघाट महा–महोत्सवलाई थप गरिमामय बनाउने विश्वास गरिएको छ । आयोजकहरूले सम्पूर्ण भक्तजनलाई यो दिव्य अवसरमा सहभागी भई कथा श्रवण गरी पुण्य लाभलिन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक