परमानन्द संस्कृत गुरुकुलमा ‘बाबुरामको घन्टी’ देखाइने

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३

देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुलमा ‘बाबुरामको घन्टी’ मन्चन हुने भएको छ ।

आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा परमानन्द संस्कृत छात्र कल्याण परिषदको आयोजनामा यही माघ ८ गते मंगलबार गुरुकुलमा हुने परमानन्द काव्य–सरिता कार्यक्रममा उक्त नाटक मन्चन गर्न लागिएको हो ।

परमानन्द काब्य सरिताको १६ औं सृङखला अन्तर्गत माघ ८ गते राती हुने उक्त कार्यक्रममा साहित्यकार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा विपिन ढकालद्वारा निर्देशित नाटक ‘बाबुरामको घन्टी’ गुरुकुल भवनमा मन्चन गरिन लागिएको परमानन्द संस्कृत छात्र कल्याण परिषदले जनाएको छ ।

सो कार्यक्रममा बरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यता तथा हरिहर सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको संरक्षकत्व रहने जनाईएको छ । गुरुकुलले ‘बाबुरामको घन्टी’ लाई धर्मको आवाज, संस्कृतिको ताज, न्यायको सन्देश तथा सत्यको परिवेश भन्दै मन्चन गर्न लागिएको जनाएको छ ।

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा गुरुकुलमा गुरुपुजन, ब्रह्मलिन गुरुको समाधीमा रुद्राभिषेक तथा आरती, ख्यातीप्राप्त कलाकारहरुद्वारा भक्तिसंगित, दाताहरुको सम्मान तथा काव्य सरिता कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा