वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८५ लाख ठगी गर्ने तनहुँका दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

काठमाडौं, माघ ४

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने तनहुँ घर भएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने २३ वर्षीया सञ्जिता गुरुङ र तनहुँकै भीमाद नगरपालिका–१ घर भई काठमाण्डौ–६ बौद्ध बस्ने ५० वर्षीय रेशमराज लामिछाने रहेका छन् ।

सञ्जिताले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६० लाख ८९ हजार र रेशमराजले दुबई पठाइने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले