देवघाट महत्वपुर्ण तिर्थ हो, यहाँ आएर स्नान गरेमा मोक्ष प्राप्ती हुन्छः जगतगुरु वालसन्त मोहनशरण देवाचार्य

Devghat Online

शेयर गरौ

देवघाट, माघ ४

नेपाल राष्ट्रका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले देवघाट असाध्यै महत्वपुर्ण तिर्थ भएको हुँदा यहाँ आएर स्नान गरेमा मोक्ष प्राप्ती हुने बताएका छन् । देवघाटमा जारी देवघाट महा–महोत्सवमा शुक्रबार आर्शिवचन दिँदै जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले देवघाट असाध्यै महत्वपुर्ण तिर्थ भएको र माघ महिनाको कम्तीमा एक दिन देवघाटको कृष्णागन्डकी र त्रिशुलीको संगममा स्नान गरेमा मोक्ष प्राप्ती हुने बताए ।

‘त्रेतायुगमा भगवान रामचन्द्रले पनि देवघाटमा आएर नुहाएर जानु भएको हो, यो कुरा रामायणमा पनि उल्लेख गरिएको छ ।’ उनले भने ‘रामचन्द्र भगवान देवघाट आएर जसले देवघाटमा आएर स्नान गर्छ, त्यसले मोक्ष प्राप्त गर्छ ।’ उनले भने ‘अझ माघ महिनामा देवघाट आएर नुहाइयो भने सबै पाप पखालिन्छ ।’

देवघाटमा सयौं वर्ष अघि पनि विशाल यज्ञहरु हुने गरेको उनले बताए । विगतमा अरुलाई भिक्षा दिने देश अहिले अरुदेशसँग भिक्षा माग्ने अवस्थामा पुगेको छ । उनले देशलाई हिन्दु धर्म राष्ट्र बनाउनु पर्ने बताए ।

जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुन लागेको देवघाट दिव्यधामको शिला पुजन गरि निर्माणाधिन मातापिता सेवा आश्रमको अवलोकन गरेका थिए । उनलाई देवघाट महा–महोत्सवको संकल्पकर्ता इश्वरकृष्ण महाराजले देवघाट दिब्यधाम र मातापिता सेवा आश्रमको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु