गाउँपालिकाको नेतृत्वमा देवघाटको वेणी संगममा सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, माघ ६

देवघाट गाँउपालीकाको नेतृत्वमा आइतबार देवघाट गाउँपालिका–५ स्थित वेणी संगगममा सरसफाई गरिएको छ । देवघाट क्षेत्र विकास समिति, इलाका प्रहरी कार्यालय देवघाट तथा देवघाटधाम जेसिज लगायतका संघ संस्थाको सहभागितामा आइतबार दिउँसो वेणी संगम वरपर सरसफाई गरिएको हो ।

सरसफाईको नेतृत्व देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गरेका थिए । उक्त कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरु, क्षेत्र विकास समितिका पदाधिकारीहरु, इलाका प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकाल लगायतका पदाधिकारीहरु एवं देवघाट महा–महामहोत्सवका स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

उक्त क्रममा मकर मेलामा आएका भक्तजनहरुबाट उत्सर्जन भएका फोहोरहरु संकलन गरि व्यवस्थापन गरिएको देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो