कर्मचारी संगठन म्याग्देको अध्यक्षमा पौडेल, शुक्लाको अध्यक्षमा कोपीला

Devghat Online

शेयर गरौ

दमौली, माघ ७

नेपाल निजामती कर्मचारी संगठन म्याग्दे गाउँपालिकाको अध्यक्षमा शम्भु पौडेल चयन भएका छन् । संगठनको हालै सम्पन्न प्रथम भेला तथा अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा साधना रानाभाट, सचिवमा रमिन घिमिरे, सहसचिवमा साजन घिमिरे, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा आस्था आचार्य, सचिता पौडेल, मनकुमारी शाही, विज्ञान पौडेल र निरबहादुर थापा चयन भएका छन् । सो अधिवेशनको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

यसैगरि नेपाल निजामति कर्मचारी संगठन शुक्लागण्डकी नगरपालिकाको पालिका कमिटीको प्रथम अधिबेशनबाट कोपिला पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छिन् । हालै सम्पन्न अधिवेशनले १३ सदस्यीय नगर कार्य समिति निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा शिवराज अधिकारी, सचिबमा रामचन्द्र सुवेदी, सह–सचिबमा जीवन पौडेल र कोषाध्यक्षमा सुशील ढकाल चयन भएका छन् ।

यसैगरि सदस्यमाहरुमा उत्तम थापा, शिव राज ढकाल, तुलशी कुमारी शर्मा भुसाल, धनमाया धिमाल, किसान परियार, कल्पना पौडेल, कोसिस पोख्रेल र कुलराज मल्ल रहेका छन् । साथै शुक्लागण्डकी नगरपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला कार्यसमिति सदस्यमा पुष्पराज गिरि सर्वसम्बत निर्वचित भएका छन् । अधिबेशनमा नेकपा एमाले तनहूँका उप–सचिव तथा शुक्लागण्डकी नगरपालिकाका स्थानीय सभा दलका नेता खिम बहादुर कुमालको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो