गन्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने

Devghat Online

शेयर गरौ

दमौली, माघ ७

गन्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी काम काजको भाषा बनाईने भएको छ । मगर र गुरुङ भाषालाई सरकारी कामकाज को निम्ति प्रयोगमा ल्याइने विषयमा प्रराम्भिक मस्यौदा सम्बन्धि छलफल आइतबार दमौलीमा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक २०८१ मा छलफल सहितको सुझाव संकलन कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयकको बारेमा सुझाव संकलनको लागि जिल्ला जिल्लामा छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । गन्डकी प्रदेश भित्र मगर र गुरुङ भाषा बोल्ने व्यक्तिहरुको संख्या धेरै भएको हुँदा प्रदेशले उक्त दुई भाषालाई सरकारी काम काजको भाषा बनाउने बारेमा तयारी गरिएको बताए । उक्त बिधेयकलाई आगामी प्रदेश सभाको अधिवशेनमा पेश गरेर कानुन निर्माण गर्न तयारी भएको मन्त्री थापाको भनाई थियो ।

उक्त कार्यक्रममा पुर्ब मन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, प्रदेश सांसद तथा पुर्वमन्त्री जित प्रकाश आले, प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, पुर्व मन्त्री डोबाटे विक., जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उप–प्रमुख इन्दिरा दरै, बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल मगर संघ, केन्द्रीय निर्वाचन समिति संयोजक सिद्धान्त मगर, नेपाल मगर संघ गण्डकी प्रदेश समितिका प्रथम उपाध्यक्ष मनिराज थापा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष खड्का सिंह मगर सहित मगर र गुरुङ सम्बन्धि संघ संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता