व्यास सहकारीको स्थापना दिवसमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता

Devghat Online

शेयर गरौ

दमौली, माघ ८

व्यास नपा–३ परासर टोलमा रहेको व्यास वचत तथा ऋण सहकारी संस्थाको १८ औं स्थापना दिवसको अवसरमा मंगलबार सहकारीको सभाहलमा व्यास नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारीको भुमिका’ विषयमा आयोजित उक्त प्रतियोगितामा व्यास नगरपालिका भित्रका ११ विद्यालयका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा गोरखकालि सेकेन्डरी स्कुल व्यास ३ की जेसिका पाण्डे प्रथम, शिव मावि व्यास १० की प्रविना ढुङ्गाना द्वित्तिय र ब्लुमिङ एकेडेमी व्यास ११ की कृपा विश्वकर्मा तृतिय भएकी थिइन् ।

व्यास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख केदार प्रसाद आचार्य, सहकारीका पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, सहकारीका सल्लाहाकार हरिसिंह गुरुङ, लेखा समितिका संयोजक राजेश्वर हड्खले, निर्णायक मन्डलका सदस्य तथा आदिकवि भानुभक्त क्याम्पसका सह प्राध्यपाक डा.शुशिल प्रसाद वाग्ले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन सहकारीका सन्चालक सदस्य प्रकाशचन्द्र भट्टराईले र स्वागत कोषाध्यक्ष एकराम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको