परमानन्द संस्कृत गुरुकुलमा आज राती ‘बाबुरामको घन्टी’ देखाइने

Devghat Online

शेयर गरौ

देवघाट, माघ ८

देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुलमा ‘बाबुरामको घन्टी’ मन्चन हुने भएको छ । आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा परमानन्द संस्कृत छात्र कल्याण परिषदको आयोजनामा आज माघ ८ गते राती गुरुकुलमा हुने परमानन्द काव्य–सरिता कार्यक्रममा उक्त नाटक मन्चन गर्न लागिएको हो ।

परमानन्द काब्य सरिताको १६ औं सृङखला अन्तर्गत हुने उक्त कार्यक्रममा साहित्यकार गोविन्द नेपाल खतिवडाद्वारा लिखित तथा विपिन ढकालद्वारा निर्देशित नाटक ‘बाबुरामको घन्टी’ गुरुकुल भवनमा मन्चन गरिन लागिएको परमानन्द संस्कृत छात्र कल्याण परिषदले जनाएको छ ।

सो कार्यक्रममा बरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यता तथा हरिहर सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको संरक्षकत्व रहने जनाईएको छ । गुरुकुलले ‘बाबुरामको घन्टी’ लाई धर्मको आवाज, संस्कृतिको ताज, न्यायको सन्देश तथा सत्यको परिवेश भन्दै मन्चन गर्न लागिएको जनाएको छ ।

राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिका अवसरमा माघ ६ गतेदेखी गुरुकुलमा पुस्तक लोकार्पण, शास्त्रार्थ सभा, विचार संगोष्ठि, गुरुपुजन, ब्रह्मलिन गुरुको समाधीमा रुद्राभिषेक तथा आरती, ख्यातीप्राप्त कलाकारहरुद्वारा भक्तिसंगित, दाताहरुको सम्मान तथा काव्य सरिता कार्यक्रम आयोजना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध