करेन्ट लागि देवघाटमा एकको मृत्यु

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ ९

देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ बर्षीय सोम बहादुर गुरुङको मंगलबार करेन्ट लागि मृत्युु भएको छ । बिजुलीको पोलको सर्पाेटको लागि टाँगिएको तारमा विद्युत सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिइन् ।

उक्त घटनामा गुरुङको घटनास्थलमै मृत्यु भएको वडा सदस्य गुरुङले जानकारी दिइन् । उक्त घटना नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतीपुर्ती स्वरुप पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च वापत २५ हजार रुपैयाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य