विवेक श्रेष्ठ । ऋषिङ, माघ ९
ऋषिङ गाउँपालिकाको आयोजनामा आगामी माघ २० गते खुल्ला कौराह प्रतियोगिता हुने भएको छ । ऋषिङबाट उत्पत्ति भएको कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले खुल्ला कौराह प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
उक्त कौराह प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ कर बाहेक नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिककाले जनाएको छ ।